लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

‘हिरोज’मा करिश्मासँग पूर्णिमा लामा, पूर्णिमाको बोल्ड अवतारको चर्चा

मंगलबार, २४ फागुन, २०७३ मा प्रकाशित,

काठमाडौं । नवनायिका पूर्णिमा लामा अभिनित चलचित्र ‘हिरोज’ को टिजर सार्वजनिक भएको छ । ‘रेलिमाई’ पछि प्रदर्शनमा आउन लागेको पूर्णिमाको यो दोस्रो चलचित्र हो ।

द्वन्द्व निर्देशक एनबी महर्जनले निर्देशन गरेको चलचित्रमा नवनायिका पूर्णिमा लामादेखि करिश्मा मानन्धरसम्मको अभिनय रहेको छ ।

चलचित्रको टिजरमा नायिका पूर्णिमा लामा बोल्ड अवतारमा देखिएकी छन् । रेलिमाईपछि प्रदर्शनमा आउन लागेको पूर्णीमाको दोस्रो चलचित्र हिरोजले उनलाई थप चर्चामा ल्याउने अपेक्षा गरिएको छ ।

हिरोजमा पूर्णिमा लामा, करिश्मा मानन्धरका साथै मुकेस ढकाल, संजोग राणा, दिनेश डीसी, जय किसन बस्नेत मुख्य भूमिकामा रहेका छन् ।

युवराज लामा, संजोग राणा र द प्लाम ग्रुपको संयुक्त लगानी रहेको चलचित्रमा शंकर महर्जनको द्वन्द्व तथा कमल राई, कविराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

तारा थापा किम्भेले सम्पादन गरेको चलचित्रलाई शिव ढकालले खिचेका हुन् ।

जय लक्ष्मी फिल्मस् र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको रिलिज डेट भने तय भएको छैन ।

यद्यपि, निमार्ण पक्षले सामाजिक कथा वस्तुमा बनेको यो चलचित्र चाँडै नै प्रदर्शनमा आउने जनाएको छ ।

रिलिज डेटको पर्खाइमा रहेको चलचित्र हिरोजलाई २०७४, साउन भित्रमा दर्शकमाझ लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

pur

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework