लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रेमीसँग पशुपतिनाथमा भेटिइन् नायिका केकी अधिकारी(भिडियो)

आइतबार, २९ फागुन, २०७३ मा प्रकाशित, 8092 पटक हेरिएको

काठमाडौं, फागुन २९ । गायक अनिश पाण्डेको मनसंग मन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् ।

जसमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय रहेको छ ।

केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिकामा सशक्त अभिनय गर्न सफल भएकी छिन् ।

काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् ।

अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ ।

दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् ।

हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework