लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

चर्चित गायक भीम तुलाधर र जेम्स प्रधान नयाँवर्षको कार्यक्रममा देखापर्ने

बुधबार, ३० चैत, २०७३ मा प्रकाशित, 2767 पटक हेरिएको

काठमाडौं, चैत ३० । ५० को दशकका चर्चित पपगायक भीम तुलाधर र अर्का चर्चित गायक जेम्स प्रधान नयाँवर्षको कार्यक्रममा देखापर्ने भएका छन् ।

गायक तुलाधरको अन्नपूर्ण क्यासेट सेन्टरले नयाँवर्षको अवसरमा ‘टुबोर्ग न्यू इयर इभ २०७४’ आयोजना गर्न लागेको हो ।

कार्यक्रममा रामकृष्ण खड्गी, पवित्र कसाः, सरिता शाही, रुपेश डंगोल, दीपा महर्जन, राजेश महर्जन, सन्देश श्रेष्ठ, कुमार लामा योञ्जन, रत्नशोभा महर्जन, विकास श्रेष्ठ, एन्जिला सिंह श्रेष्ठ र मचा राजा महर्जनले पनि आ–आफ्नो गीत प्रस्तुत् गर्नेछन् ।

रवि डंगोल बेइमान र पूर्ण थापाको हास्यव्यंग्य प्रस्तुतिसमेत रहने सो कार्यक्रममा सुरेन्द्र महर्जन, आराध्य लक्ष्मी खड्गी, सरिता शाही र नैना खड्गीले भने नृत्य प्रस्तुत् गर्नेछन् ।

विनायक मल्टी भेन्यु, खुसिबुँ लिंकरोडमा कार्यक्रम हुने जनाइएको छ ।

कार्यक्रमका संयोजकसमेत रहेका गायक भीम तुलाधर र अर्का संयोजक मनोजरत्न शाहीले लोकप्रिय कलाकारहरुको पुनःआगमन साथै नयाँ कलाकारलाई प्रोत्साहन दिने उद्देश्यका साथ नयाँवर्ष मनाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.