लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अभिनेता दीपक क्षत्रीलाई बेलायतमा बस्ने नेपालीहरुबाट तीन लाख सहयोग

आइतबार, ३ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख ३ । चार वर्षदेखि बिरामी रहेका नेपाली सिने जगतका वरिष्ठ अभिनेता दीपक क्षत्रीलाई बेलायतमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

घाँटीमा मासु पलाउने रोगबाट चार वर्षदेखि पीडित क्षत्रीको उपचारका लागि एनआरएनयूकेका संस्थापक रामशरण सिम्खडाको पहल तथा क्षत्री समाज बेलायतको संयोजनमा संकलित तीन लाख रुपैयाँ सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।

वरिष्ठ अभिनेता कृष्ण मल्ल तथा अभिनेत्री जान्वी बोहराले उक्त रकम बिरामी क्षत्रीलाई नै हस्तान्तरण गरेका हुन् ।

गत हप्ता सन्चारमाध्यम तथा सामाजिक सन्जालमा आर्थिक अभावले क्षत्रीले उपचार गराउन नसेकेको खबर सार्वजनिक भएपछि बेलायतमा बस्ने नेपालीहरुले तीन दिनमा उक्त रकम संकलन गरी पठाएको बताइएको छ ।

कलाकार क्षत्रीले दर्जनौं नाटक, ‘थोरै भए पुगीसरी’ र ‘चेतना’जस्ता टीभी सिरियल तथा ‘झोला’, ‘अधिकार’, ‘मसान’ र ‘दर्पण’जस्ता ंचलचित्रमा अभिनय गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework