लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

फ्रान्समा अत्यन्त पातली फेसन मोडलमाथि प्रतिबन्ध

शनिबार, २३ बैशाख, २०७४ मा प्रकाशित, 11017 पटक हेरिएको

काठमाडौं, वैशाख २३ । फ्रान्समा अत्यन्त पातली मोडलमाथि प्रतिबन्ध लगाउने नयाँ कानुन पारित भएको छ ।

खानामा अरुची हुनेलगायतका समस्याका कारण उत्पन्न हुने ‘एनोरेक्सिया’ नामक रोगसँग लड्न यस्तो कानुन पारित गरिएको बताइएको छ ।

नयाँ कानुनअनुसार अब फेसन मोडलले आफ्नो स्वास्थ्यसँग जोडिएका विषयको सबै जानकारी रहेको चिकित्सकबाट प्रमाणित सर्टिफिकेट तयार पार्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसमा उचाई र तौलकाबारेमा स्पस्ट जानकारी उल्लेख गर्नुपर्दछ । यसले अत्यन्त पातली मोडल फेसन इभेन्टमा भाग लिनबाट रोक्नेछ ।

नयाँ कानुन उल्लंघन गर्ने कम्पनीलाई ७५ हजार युरो जरिवाना र ६ महिनासम्म जेल सजायको व्यवस्था गरिएको छ ।

यसअघि, इटाली, स्पेन र इजरायलमा पनि यस्तो कानुन लागू भइसकेको छ । फ्रान्समा एनोरेक्सियाबाट प्रभावित करिब ४० हजारमध्ये ९० प्रतिशत महिला छन् । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.