लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चलचित्र सायद-२ को बिषेश शो जापानमा

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 2909 पटक हेरिएको

काठमाडौं, जेठ २ । असार ३० लाइ नेपाल रिलिज तय गरिएको चलचित्र सायद २ को बिषेश शो जापानमा सम्पन्न भएको छ ।

जापानको लागि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल सहित करिव ५०० भन्दा बढि दर्शकले चलचित्र सायद २ हेरेको निर्माता सुनिल रावलले जानकारी गराए ।

चलचित्र सायद २ हेरिसकेपछि कार्यबाहक राजदुत अर्यालले चलचित्र उत्कृष्ट भएको भन्दै सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।

यस्तै एनआरएन जापानका अध्यक्ष सुधन थापाले पनि यूवा पुस्ताको बास्तबिक कथा उठाएको बिषय आफूलाइ एकदमै मन परेको बताए ।

यूवा पुस्तालाइ लक्षित गरि निर्माण गरिएको चलचित्र सायद २ को जापान शो को लागि निर्माण पक्षले जम्बो टोलि सहित जापान पुगेको थियो ।

निर्मात्री दुर्गिस थापा , निर्माता सुनिल रावल , नायक शुशिल सिटौला, संचारकर्मी श्याम अर्याल र सचित खड्का सहितको टोली हाल जापानमा छ ।

पुष्पराज न्यौपानको निर्देशनमा तयार चलचित्र सायद २ लाइ सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework