लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

मनिषा र शंकरको गीतमा प्रेममा धोका पाउँदाको पीडा (भिडियो)

शनिबार, २४ आषाढ, २०७४ मा प्रकाशित, 2446 पटक हेरिएको

काठमाडौं, असार २४ । गीत संगीतमा प्रेमभाव र विछोडका शब्द तथा परिदृश्यहरु नसमेटिए गीतमा मिठासपन पाउन सकिदैंन् ।

हालै एकजना नव गायिका र गायकले गाएको प्रेम र विछोडको भाव समेटिएको गीतले स्रोता र दर्शकलाई भावुक बनाएको छ ।

हालसालै मात्र सांगीतिक आकाशमा उदाएकी नवगायिका मनिषा शर्माको मार्मिक गीत ‘भेट हुँदैन् होला ...’ को शब्द, संगीत, स्वर र भिडियोको अभिनयले स्रोता–दर्शकको मन छोएको छ ।

युट्यूबमा सार्वजनिक गरिएको उक्त गीतमा शब्द तथा लय शंकर ढकाल रहेको छ भने स्वयंम ढकालले स्वर पनि दिएका छन् । उनलाई गायिका शर्माले साथ दिएकी छिन् ।

प्रस्तुत गीतले मायालु प्रेम, प्रेमिकासँग विछोड हुनुपर्दा कत्ति पीडा हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।

sonnn

प्रेममा धोका खाए पश्चात मायालु जोडीहरु कतिसम्म भावुक हुन्छन् भन्ने गीतले देखाउँछ ।

भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेको अभिनय रहेको छ ।

काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् ।

म्युजिक ल्यावको प्रस्तुती रहेको उक्त गीतले प्रारम्भीक रुपमा राम्रो प्रतिक्रिया पाएको छ ।

बिशेषतः आम प्रेमजोडी युवा पुस्ताले उक्त गीत वढी मनाएको निर्माण पक्षले बताएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework