लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खुमनले पार्वतीलाई दुर्बिनले हेरे, शंकर र करिश्मा यसरी नाचे (भिडियो)

बिहीबार, २९ आषाढ, २०७४ मा प्रकाशित, 3150 पटक हेरिएको

काठमाडौ, असार २९ । गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको तीज कोशेली ‘दुर्विन लगाई’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ ।

हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै एकपछि अर्को गीत बजारमा सार्वजनिक भइरहेका बेला गायिका पार्वती स्त्रीले यो गीत मार्फत राम्रो चर्चा पाइरहेको बताइन् ।

निकै कम गीत गर्ने तर मार्मिक र विशेष अर्थ बोकेका प्रोजेक्टमा मात्रै काम गर्ने बताउने सुन्दरी गायिका पार्वतीको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र निर्देशक शंकर बीसीले मोडलिङ गरेका छन् ।

गीतमा दुइले प्रस्तुत गरेको प्रेमको भावलाई व्यक्त गरिएको छ । भिडियोको निर्देशन पनि शंकर बीसीले नै गरेका हुन् । गीतमा कृष्ण बाबुको शब्द, गायक अधिकारीको नै संगीत छ ।

नविन घर्तीमगरले सम्पादन गरेको भिडियोको कोरियोग्राफी शंकरले नै गरेका हुन् । राजेश घिमिरले भिडियोको छायांकन गरेका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework