लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने चिनियाँ सुन्दरी

आइतबार, २२ साउन, २०७४ मा प्रकाशित, 16962 पटक हेरिएको

काठमाडौं, साउन २२ । ‘फेशन शो’को स्टेजमा झिलिमिलि बत्तीदेखि तर्सिने २९ वर्षीया चिनियाँ मोडेल लिउ वेन संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने मोडेल बनेकी बनेकी छन् ।

फोर्ब्स म्यागजिनका अनुसार गत वर्ष उनले ७ मिलियन अमेरिकी डलर (करिव ७२ करोड रुपैयाँ)मा एकवर्षको लागि अनुवन्ध भएपछि अहिले लिउ संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने मोडेल बनेकी हुन् ।

सानै उमेरमा अग्लि कदकी भएकीले नै उनको परिवारले मोडलिङ गर्न प्रेरित गरेका थिए । लिउले पहिलोपटक मोडलिङ क्याम्पमै धेरै अग्लि भएकै कारण कन्टेस्ट जितेकी थिइन् ।
सन् १९८८ जनवरी २७ मा दक्षिण चीनको हुनान प्रान्तको पहाडी क्षेत्रमा जन्मिएकी लिउ ५ फिट १० इन्चकी छिन् ।

उनले बेइजिंग आएपछि मोडलिङ क्षेत्रमा केहि नबुझेकोले धेरै समस्याहरुसंग जुध्नुपरेको र आफु मानसिक समस्याको शिकार भएको बताइन् । उनले भनेकी छन्, ‘जब म फेशन शोको स्टेजमा पुग्थेँ, झिलिमिलि बत्तीका प्रकाशले तर्साउने र आत्मविश्वास गुम्ने समस्या आउँथ्यो ।’

हुनान प्रान्तका मानिसहरु बलिया र आत्मविश्वासी हुन्छन् भन्ने भनाइले नै आफुले कहिल्यै हार नमानेको बताउँछिन् लिउ । मानसिक तनावमा भएको दिनलाई सबैभन्दा खराब मान्ने उनी अझै एकमहिना बाँकी छ भनेर चित्त बुझाउने बानीले आफु सफल भएको ठान्छिन् ।

जसरी हरेक कलाकारले हलिउडमा जाने सपना देख्छ, त्यस्तै हरेक मोडेलको अन्तर्राष्ट्रिय फेशन सप्ताहमा भाग लिने सपना हुन्छ । तर, उनले सन् २०१० मै चर्चित फेशन सप्ताह ‘एस्टी लौडेर’को ‘स्पोक्समोडेल’ नै भइन् । ‘स्पोक्समोडेल’ हुने उनी पहिलो चिनियाँ मोडेल हुन् ।

त्यस्तै, ‘भिक्टोरिया सेक्रेट फेशन शो’मा मोडलिङ गर्नेसमेत उनी पहिलो चिनियाँ मोडेल हुन् ।

सुन्दर महिला हुन बाहिरी सुन्दरता नभई भित्रि सुन्दरता हुनुपर्ने बताउँछिन् लिउ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework