लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चलचित्र ‘संरक्षण’ साउन २७ गतेदेखि प्रदर्शनमा (ट्रेलर हेर्नुस्)

आइतबार, २२ साउन, २०७४ मा प्रकाशित,

इटहरी, साउन २२ । देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिसँग मेल खाने कथावस्तुमा तयार पारिएको चलचित्र ‘संरक्षण’ यही साउन २७ गतेदेखि देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

नेपाली–नेपालीका बीचमा पछिल्लो समयमा विभेद, राजनीति तथा नेपाली जनताले भोग्नु परेका पीडालाई चलचित्र संरक्षणमा समेटेको निर्माता एवम् प्रमुख वितरक नरेन्द्र महर्जनले जानकारी दिए ।

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा मौलाएको विकृति, मनपरीलगायत विषय वस्तुलाई चलचित्रमा समेटिएको छ । मधेश र पहाडका बासिन्दाबीच उत्पन्न समस्या र त्यसले समाजमा पारेको प्रभावलाई समेत चलचित्रमा उजागर गरिएको चलचित्र निर्देशक पूर्णन्द्र झाले बताए ।

चलचित्रको कथावस्तुमा सफल सन्चारकर्मीको भूमिकामा मेलिना जोशी र पहाडमा जन्मी हुर्किएर मधेशको समाजमा संघर्षपूर्ण जीवन बिताउन पुगेकी अशिष्मा नकर्मीको सशक्त भूमिकाले समाज परिवर्तनका लागि राजनीति शुद्ध बन्न जरुरी रहेको दर्शाइएको छ ।

चलचित्रमा कलाकारहरु निखिल उप्रेती, सौगात मल्ल, रमेशरञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, कृष्ण सिँह, रमेश बुढाथोकी, नीर शाह, भोला शाह, नन्दु श्रीवास्तवलगायतको सशक्त भूमिका रहेको छ । रासस

ट्रेलर हेर्नुस्

">

 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework