लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गीतमा समेटियो ट्राफिक समस्या, गीतमै देखाइयो सन्देश(हेर्नुहोस भिडियो)

सोमबार, २३ साउन, २०७४ मा प्रकाशित, 3601 पटक हेरिएको

काठमाडौं, साउन २३ । काठमाडौंमा चुनौती बन्दै गएको ट्राफिक, धुलो र धुवाँको समस्यालाई गायक रबिन मर्हजन र सुरेश श्रेष्ठले गीतमार्फत ब्यक्त गरेका छन् ।

राजधानीका सडकमा हिड्दा हिँड्दै हुने ट्राफिक जाम र धुलो र धुवाँले फोक्सोमा जाम भएर देखिने स्वास्थ्य समस्यालाई सरल ढंगले गीतमार्फत प्रस्तुत गरिएको छ ।

रविन महर्जनको शब्द तथा संगीत रहेको गीतलाई सोमबार यूट्युबमार्फत सार्बजनिक गरिएको छ ।

मोहन दुवालले कैद गरेको भिडियोमा ट्राफिकको समस्या देख्न पाईन्छ । रोही श्रेष्ठले निर्देशन गरेको भिडियोलाई माधव बेलवासेले सम्पादन गरेका छन् ।

१८ वर्षअघि नै लेखिएको यस गीतमार्फत आम मानिसहरुले भोगेको समस्यालाई उजागर गर्दै सन्देशमुलक र रमाइलो तरिकाले प्रस्तुत गरेको र्‍यापर सुरेश श्रेष्ठले बताए ।

‘१८ बर्ष पहिले भन्दा अहिलेको ट्राफिक व्यवस्थापनमा झन विकराल बन्दै गएकाले चेतना प्रदान गर्ने उदेश्यले गीत तयार पारेका हौं, उनले भने ।

गीतमार्फत सर्वसाधारणलाई ट्राफिक प्रहरीलाई सहयोग गर्न तथा धुलो र धुवाँका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन सन्देश दिन खोजेको पनि उनले बताए ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework