लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

उपप्रधानमन्त्रीसँग कलाकारको भेट

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २६ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई नेपाल चलचित्र संघ, कलाकार संघ र निर्देशक समाजका प्रतिनिधिले आगामी नोभेम्बरमा अमेरिकाको टेक्सासमा हुने ‘मोसन पिक्चर अवार्ड–२०१७’बारे जानकारी गराएका छन् ।

उपप्रधानमन्त्रीको कार्यकक्षमा बिहीबार उनीहरुले अवार्ड सार्वजनिक गर्नका लागि सहयोग गर्न आग्रह गरेपछि उनले आफ्नो तर्फबाट सहयोग हुने विश्वास दिए ।

भेटमा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक ऋषि लामिछाने, चलचित्र कलाकार संघका महासचिव सरिता लामिछाने, वरिष्ठ कलाकार सुनिल थापा, कलाकार कविता शर्मा, हल व्यावसायी मधुसूधन प्रधान र गोपालकाजी कायस्थ सहभागी थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework