लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

दोस्रो हप्तामै २ सय करोड क्लबमा ‘गोलमाल अगेन’

सोमबार, १३ कार्तिक, २०७४ मा प्रकाशित,

नयाँदिल्लि, कात्तिक १३ । बलिउड चलचित्र निर्माता रोहित शेठ्ठीले चौथोपटक अभिनेता अजय देवगनलाई साथ लिएर निर्माण गरेको चलचित्र ‘गोलमाल अगेन’ बक्स अफिसको रेकर्डले सफल मानिएको छ ।

गत अक्टुबर २० मा रिलिज भएको ‘गोलमाल अगेन’ले दोस्रो साता पनि राम्रो ब्यापार गरेर कुल २०५ करोड भारु कमाउन सफल भएको छ । 'बक्स अफिस'को रेकर्डले दोस्रो हप्तामै ‘गोलमाल अगेन’ २ सय करोड क्लबमा सामेल भएको छ ।

बलिउड ट्रेन्ड विश्लेषक तरण आदर्शका अनुसार ‘गोलमाल अगेन’ले घरेलु 'बक्स अफिस'मा १६७.५२ करोड र 'ग्लोबल बक्स अफिस'मा ३७.६० करोड गरी कुल २०५.१२ करोड भारु कमाउन सफल भएको छ ।

घरेलु 'बक्स अफिस'मा पहिलो हप्तामै कुल १३६.०८ करोड भारु कमाएको यस फिल्मले दोस्रो हप्ता ३१.४४ करोड कमाउन सफल भएको थियो ।

करिव एकसय करोड भारुको लागतमा बनेको ‘गोलमाल अगेन’ले ८० करोड भारु प्रोडक्सन खर्च र बाँकी २० करोड भारु प्रमोशन खर्च भएको निर्माण पक्षले जनाएको छ ।

निर्माता रोहित शेठ्ठीले गोलमाल फिल्मको चार श्रृंखलामा लगातार अभिनेता अजय देवगनलाई खेलाएका छन् । अहिलेसम्म चारओटै श्रृंखलामा नायक देवगन सफल मानिएका छन् ।

विशेषगरी ‘कमेडि’ कथामा आधारित ‘गोलमाल’ श्रृंखलाको चौथो फिल्म ‘गोलमाल अगेन’मा पनि दर्शकले ‘हरर कमेडी’को मज्जा लिन सक्नेछन् । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework