लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

नेपालसहित तीन देशका १७ कलाकार निकुञ्जमा बसेर चित्र कोर्दै

बिहीबार, २३ कार्तिक, २०७४ मा प्रकाशित,

कञ्चनपुर, कात्तिक २३ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ ।

नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त छन् ।

चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् ।

आरक्ष किनारको शुक्लाफाँटा जंगल कटेजमा कलाकारहरु बिहानदेखि चित्र बनाउन व्यस्त हुने गरेका छन् ।

प्रकृतिका लागि कला भन्ने नारा सहित आएका कलाकारको १७ सदस्यीय टोलीमा दुई जना विदेशी छन् । उनीहरु भारत र रसियाका हुन् ।

१० दिनसम्म चित्र कोर्ने कलाकार टोलीले आरक्ष र नजिकको वस्ती अवलोकन गरेपछि आफूले देखेका दृष्यलाई चित्रमा उतार्न थालेका हुन् ।

शुक्लाफाँटा निकुञ्ज र आसपासको प्राकृतिक दृष्य, संस्कृति, रहनसहनलगायतका विषयलाई चित्रमा उतारिने कलाकारहरुले बताएका छन् ।

सबै कलाकारले दुई दुई वटा चित्र बनाउने छन् । ती सबै ३४ चित्रलाई रिलिप फण्ड फोर आर्ट अफ नेचरमा प्रदान गरिनेछ ।

कलाकारले बनाएका चित्रबाट शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसारमा टेवा पुग्ने होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework