लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नयन डिसी र मनिषाको माया सुनिलको गीतमा छताछुल्ल(हेर्नुहोस भिडियो)

आइतबार, १० मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर १० । स्वर र संगीतमा खारिएका गायक सुनिल गिरीको पछिल्लो समयमा तयार भएको ‘तिम्रो रुपैको’ बोलको गीत छोटो समयमै चर्चित बनेको छ ।

हालै गीतको म्यूजिक भिडियो पनि यूट्युबमार्फत सार्बजनिक भएपछि थप चर्चित बनेको छ । भिडियोमा निर्माता राजकुमार महर्जनले लगानी गर्न कन्चुस्याइ गरेका छैनन् ।

राजकुमारको लगानीलाई निर्देशक भुवन स्याङबो तामाङले न्याय गरिदिएका छन् ।

चर्चित मोडल नयन डीसी र मनिषा श्रेष्ठको दमदार अभिनयलाई धेरैले रुचाएका छन् । बुद्ध योन्जनको शब्दलाई सुनिलले नै संगीत भरेर कर्णप्रिय स्वर भरिदिएका छन् ।

ललितपुरको सपिङ मललगायतका आकर्षक स्थानमा सुटिङ गरिएको भिडियोमा नयन मनिषाप्रति निकै आकर्षित भएको र मनिषा पनि नतमस्तक भएको दृश्य देख्न पाइन्छ ।

आकर्षक गेटअप र ड्रेसअपमा सजिएका मनिषा र नयनको प्रेमभावले गीतलाई उचित सम्मान दिएको छ ।

करिब तीन दर्जन बढी गीतमा अभिनय गरिसकेका मोडल तथा एरोविक डान्सका प्रशिक्षक नयनको यो भिडियो निकै पृथक रहेको पाइन्छ ।

अनिल महर्जनले खिचेको भिडियो उत्कृष्ट बनेको छ । सम्पादनमा माधव बेलबासेले भरपुर मेहेनत गरेका छन् ।

म्यूजिक नेपालले सार्बजनिक गरेको भिडियो विलकुलै फरक धारमा तयार पारिएको छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework