लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजेश हमाल, यम बराललगायतले भने: नेपालीलाई जोड्ने माला बनोस सगुन (भिडियो)

मंगलबार, १२ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर १२ । नेपाली चलचित्रका महानायक राजेश हमालले विश्वभरका नेपालीलाई जोड्ने माध्यमका रूपमा सगुन अगाडि बढेको बताएका छन् ।

डिजिटल युगमा सगुनजस्ता सामाजिक संजालले आफन्त र प्रियजनलाई मात्रै नभएर सिंगो देशलाई आपसमा गाँसेर राख्ने भन्दै यसको महत्व बुझ्न आग्रह गरेका छन् ।

उनले सगुनको सफलताका लागि शुभकामना दिएका छन् ।

सूचना प्रबिधिको दुनियाँमा सगुनले क्रान्ति गरिरहेको भन्दै अर्का गायक यम बरालले नेपालीको नाताले सगुनप्रति गर्व लागेको बताए ।

सगुनलाई प्रयोग गर्न, माया गर्न र अघि बढाउन सबै नेपालीले सघाउनु पर्ने गायक बरालको भनाइ छ ।

कलाकार यमन श्रेष्ठले सगुनले नेपाललाई आइटी क्षेत्रमा गर्व गर्न लायक स्थानमा पुर्याउने विश्वास व्यक्त गर्दै आफू निकै आशावादी रहेको बताए ।

मलेसियामा सफल नेपाली हेयर डिजाइनर रहेका कैलाश नाउले सगुनलाई अगाडि बढाउन सके सूचना प्रबिधिको क्षेत्रमा नेपालीहरुका लागि हित हुने बताए ।

गिनिज बुक रेकर्डमा नाम लेखाउन सफल दिपक शर्मा बजगाइ भन्छन्– ‘फेसबुक गुगल जस्तै नेपालीले तयार पारेको सगुनले विश्व बजारमा सफलता पाएको हेर्ने रहर छ, यसमा सबै नेपालीले सघाउनु पर्छ ।’

उनले नेपालीहरुले शेयरमा लगानी गरेर सगुनले आँटेका गौरवका योजनाहरुमा हातेमालो गर्न आग्रह समेत गरे ।

सगुनको शेयर लगानीका लागि अब केही घण्टा मात्र बाँकी रहेको छ । नोभेम्बर ३० तारिख अर्थात अउँदो बिहीबार सगुनको लगानी गर्ने म्याद सकिदै छ ।

सगुनमा लगानी गर्न चाहानुहुन्छ भने  sagoon.com/invest मा गएर अमेरिकी कम्पनीमा लगानी गर्न मिल्ने देशहरुबाट लगानी गर्न सकिनेछ ।

बैक खाता भएकाहरुले इन्भेष्ट पेजमा भएको फर्म भरिसकेपछि वायर ट्रान्फर गरेर वा क्रेडिटर डेबिट कार्ड मार्फत लगानी गर्न सक्नेछन् ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework