लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ब्रिटिस नायकसँग अनिता लिम्बुको दमदार अभिनय

शनिबार, १६ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर १६ । बेलायतमा बसेर कलाकारितामा सक्रिय अनिता लिम्बुले ब्रिटिस नायक ज्याक आर्मष्ट्रोङसँग एउटा नेपाली गीतमा अभिनय गरेकी छिन् ।

मेगास्टार राजेशपायल राई र गायिका अमृता लिम्बुले गाएको ‘विस्तारै विस्तारै’ बोलको गीतको हालै बेलायतको विभिन्न स्थानमा छायांकन सम्पन्न गरिसकिएको छ ।

जसमा अभिनेता समेत रहेका ज्याक आर्मष्ट्रोङले अभिनय गरेका छन् । भिडियोमा ज्याकसँगग बेलायतमै बस्दै आएकी अनिताको रोमान्स गरेको देख्न पाइनेछ ।

‘विस्तारै विस्तारै’ गीतको शब्दरचना जानु काङ्बाङ लिम्बूले गरेकी हुन् भने संगीत शिखर शन्तोषको रहेको छ ।

केही दिनमै दर्शक तथा श्रोतामाझ आउने यस गीतको भिडियोलाई अमृत गुरुङ र निको गुरुङले निर्देशन गरेका हुन् ।

हलिउड चलचित्र ‘एम्पायर अफ दि सार्कस’, बलिउडको ‘हेड स्टोरी फोर’लगायत दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरेका ज्याकसँग अनिताले पहिलोपटक अभिनय गर्ने सौभाग्य पाएकी हुन ।

स्लोपप शैलीको गीतमा पछिल्लो पटक अभिनय गरेकी अनिताले बलिउड मुभी ‘फिर्कि’मा समेत अभियन गरेको छिन् । उक्त मुभीमा ज्याकी स्राफ, निल नितिन मुकेश लगायतको अभियन छ ।

anitaaa

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework