लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जीवन कथामा आधारित सनुपको गीतमा श्रीमती र छोरीले दिए साथ(भिडियो)

बिहीबार, २५ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २५ । गायक सनुप पौडेलको “एक पाइला” बोलको गीतको भिडियो सार्वजनिक भए लगत्तै यसले सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुलिरहेको छ ।

ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार मनिष बासिष्ठका शब्द सृजनामा तयार भएको गीतमा सनुपको अर्थपूर्ण जिन्दगी र उनको गायकीलाई बडा कलात्मक ढंगले समेटिएको छ ।

सनी सुमनको संगीतको मेलोडी र शब्दको भावले सजिलै प्रभाव पार्ने क्षमता बोकेको गीतले संगीत प्रेमीहरु माझ एउटा छुट्टै छाप छोड्न सफल भएको छ ।

अल्मोडा राना उप्रेतीले एरेन्ज गरेको गीतको भाव अनुसार नै भिडियोमा पनि सनुप र उनको जीवनमा केन्द्रित गरिएको छ ।

रुशील अमात्यले निर्देशन् गरेको भिडियोमा सनुपलाई आफ्नै श्रीमती र छोरीले साथ दिएका छन् ।

(भिडियो)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework