लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ सुरू

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 1503 पटक हेरिएको

काठमाडौं, जेठ ५ । युरोपेली संघको कार्यालयले आयोजना गरेको ‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ शनिबार (भोलि)देखि सुरू हुने भएको छ ।

कमलपोखरीस्थित कुमारी चलचित्र घरमा सुरू भएको महोत्सव चार दिनसम्म चल्ने छ । महोत्सवमा जर्मनी, डेनमार्क, स्पेन र फिनल्यान्डलगायत १४ देशका १६ चलचित्र प्रदर्शन गरिने युरोपेली संघको कार्यालयका प्रेस तथा सूचना अधिकृत अम्बर मैनालीले जानकारी दिए ।

ती चलचित्र महिला, बालबालिका, मनोरञ्जन, श्रीमान्श्रीमतीको सम्बन्ध, खेलकुद आदिसँग सम्बन्धित छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework