लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

सावधान ! फेसबुके मित्रताबाट यसरी ठगिन्छन् मान्छे !

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 6114 पटक हेरिएको

काठमाडौं, चैत ६ । महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्‍यो । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग ।

सामाजिक संजाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो । कटुवाल पक्राउपछि सामाजिक संजाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने प्रवृत्ति सतहमा आएको छ । तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र नौला कुरा होइनन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले साउन यता आठ महिनामा मात्रै भर्चुअल ठगीमा संलग्न पाँच फरक घटनाको अनुसन्धान गरिरहेको छ । ब्युरोका अनुसार ती ठगीमा मात्रै पीडितहरुले ६४ लाख रुपैयाँ गुमाएको देखिन्छ । महानगरीय अपराध महाशाखामा पनि यही अवधिमा यस्तै प्रकृतिका सात ठगीका घटना दर्ता भएका छन्, जसमा पीडितले ७० लाख रुपैयाँ गुमाएका छन् ।

महाशाखाकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्, ‘सामाजिक संजालको प्रयोगमार्फत हुने ठगीका घटना सरुवा रोगझैं गाउँ–गाउँसम्म फैलिदैं छ ।

अस्ट्रेलियन नागरिक हेन उल्ग्यान र भ्यालेन्टाइन उल्ग्यानले फेसबुकमा पठाएको फ्रेन्डरिक्वेस्ट काठमाडौंकी एक गृहिणीले स्वीकार गरिन् । त्यही फेसबुके मित्रता विस्तारै संवादमार्फत निकटतामा परिणत भयो । अस्ट्रेलियन दम्पतीले एक दिन कुरैकुरामा ती युवतीलाई भने, ‘तिमीलाई दुई आइफोन, ८५ हजार पाउन्ड र ल्यापटप उपहार पठाएका छौं ।’
यस्तो खबर आएको केही दिनमै ती युवतीलाई भारतीय नम्बरबाट फोन आयो । भारतीय युवतीले भनिन्, ‘तिमीलाई पठाएको उपहार भारत आइपुग्यो, त्यसलाई भन्सार छुटाउन ७५ हजार चाहियो ।’

युवतीले उपहारको लोभमा दायाँ–बायाँ केही नसोची रकम पठाइदिइन् । ती युवतीले उपहारको लोभमा चार पटक गरेर ७ लाख ४२ हजार रुपैयाँ भारतीय युवतीले भनेका फरक फरक बैंक खातामा हालिरहिन् । तर न उनको उपहार आयो त अस्ट्रेलियन दम्पती नै जवाफदेही बने ।

महाशाखाले यो र यस्तै ठगीको घटनाको तारमा कटुवालको संलग्नता देखाएको छ । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework