लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

डाटा चोरीबारे जिम्मेवारी स्वीकार्दै फेसबुक संस्थापक मार्क जुकरवर्गले माफी मागे

बुधबार, २८ चैत, २०७४ मा प्रकाशित,

वासिंटन, चैत २८ । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेका हुन् ।

जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो कम्पनीमाथि मानिसको विश्वास कायम राख्नका लागि विभिन्न सुधारका काम भइरहेको जानकारीसमेत दिए ।

उनले भने, ‘हामीले पर्याप्त रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेनौं, तर अब प्रयोगकताहरुलाई सतर्क तुल्याउन र आवश्यक सुरक्षा प्रवन्धका काम गरिरहेका छौं ।’

उनले डाटा चोरी हुनुमा आफ्नो ठूलो गल्ती रहेको बताए । ‘यो मेरो गल्ती हो, मलाई यसमा अफसोस छ,’ उनले भने, ‘मैले फेसबुक सुरु गरेँ, त्यसलाई सञ्चालन गरेँ, यसमा जे भइरहेको छ, त्यसका लागि म नै जिम्मेवार छु ।’

उनले डाटा चोरी हुन सक्ने टुल्सका बारेमा आफूहरुले सुरक्षा प्रवन्धका लागि पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन नियम तथा प्राविधिक सुधार गरिने प्रतिबद्धतासमेत जनाए । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework