लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

गौरीघाट गोलीकाण्डको रहस्य नखुल्दै ललितपुरमा पनि रहस्यमय गोलीकाण्ड

बुधबार, ६ बैशाख, २०७४ मा प्रकाशित, 19266 पटक हेरिएको

काठमाडौं, वैशाख ६ । काठमाडौंको गौरीघाटमा भएको गोलीकाण्डको रहस्य नखुल्दै ललितपुरमा पनि गोली प्रहारको घटना भएको छ ।

ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९ मा गौरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो ।

दावामाथि गोली प्रहार भएको घटना प्रहरीले तत्काल थाहा पाए पनि पछिल्लो घटना भने घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछिमात्र प्रहरीको जानकारीमा आएको हो ।

गोली लागेको तेस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना हुनु, प्रहरीलाई जानकारी नगराउनु जस्ता कारण घटना रहस्यमय भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार क्रिस्चियन महासंघका सचिवसमेत रहेका खड्का मंगलबार बिहान पाटन अस्पताल पुगेका थिए । –नागरिक दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework