लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

पत्रकार महासंघको ताला ११ दिनपछि खुल्यो

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 1525 पटक हेरिएको

काठमाडौं, चैत ७ । क्रान्तिकारी पत्रकार महासंघ र नेपाल पत्रकार महासंघबीच तीनबुँदे सहमति भएपछि महासंघको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज ११ दिनपछि खुलेको छ ।

क्रान्तिकारी पत्रकारले उठाएका सदस्यता शुद्धीकरण तथा फर्जी प्रतिष्ठान शाखा खारेजी तथा पत्रकारको सट्टाभर्ना विषय उपयुक्त विधि र प्रक्रियाबाट सम्बोधन गर्ने दुई पक्षबीच सहमति भएपछि ताला खोलिएको क्रान्तिकारीका अध्यक्ष इन्द्र राउतले जानकारी दिए ।

पत्रकार महासंघको सदस्यता शुद्धीकरणको माग गर्दै क्रान्तिकारीले गत फागुन २७ गते पत्रकार महासंघ केन्द्रमा ताला लगाएको थियो ।

पत्रकार महासंघले गैरपत्रकारलाई सदस्यता वितरण गरिएको, वर्षौंदेखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखिएको र फर्जी सदस्यता बाँडिएको र विधान विपरीत सदस्यता स्थानान्तरण गरेको जनाउँदै क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।


वार्तामा पत्रकार महासङ्घका तर्फबाट अध्यक्ष डा महेन्द्र विष्ट, उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव उजिर मगर, सचिव ध्रुव लम्साल, धर्मेन्द्र कर्ण, सङ्गीता खड्का थिए । त्यस्तै क्रान्तिकारीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्ष नारायण पङ्गेनी, महासचिव केशरमणि कटुवाल तथा सल्लाहकार रामचन्द्र हुमागाईं सहभागी रहेका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework