लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

सहज जित हात पार्दै चेल्सी चौथो चरणमा

सोमबार, २५ पुष, २०७३ मा प्रकाशित, 1394 पटक हेरिएको

काठमाडौं, पुस २५ । इङ्ल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपमा चेल्सीले सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्‍यो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्राले दुई गोल गरे भने मिची बात्सुई र विलियनले एक–एक गोल गरे ।

जितपछि चेल्सी एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ ।

एफए कप अन्तर्गत गएराति भएको अर्को खेलमा लिभरपुललाई प्लाईमाउथले गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै लिभरपुलले अब प्लाईमाउथसँग उसैको मैदानमा दोस्रो खेल खेल्नुपर्ने भएको छ ।

गएराति भएको अर्को खेलमा फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–० ले तथा मिडिल्सब्रोले सेफिल्ड वेनस्डेलाई ३–० ले हराएको छ ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.