लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

बार्सिलोनासँग ५ अंकको अग्रता बनायो रियल मड्रिडले

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 6751 पटक हेरिएको

काठमाडौं, चैत ६ । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको रियाल मड्रिडले बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ ।

गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियाल मड्रिडले उपाधि यात्रा बलियो पारेको हो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र क्यासेमिरोले एक–एक गोल गरे ।

ला लिगा अन्तर्गतको अर्को खेलमा रियाल बेटीसले ओसासुनालाई २–० ले हराउँदा आलाभेजले रियाल सोसिडाडलाई १–० ले पराजित गर्‍यो ।

गएरातिका खेलपछि स्पेसिन ला लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको सेभियाको ५७ अंक छ । बार्सिलोनाले आज राति हुने खेलमा भ्यालेन्सियासँग खेल्नेछ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.