लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

टोटनह्याम र म्यानचेस्टर युनाइटेडको जित

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 797 पटक हेरिएको

काठमाडौं, चैत ७ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा टोटनह्याम हट्सपर र म्यानचेस्टर युनाईटेड विजयी भएका छन् ।

म्यानचेस्टर सिटी र लिभरपुलले भने १–१ गोलको बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीमार्फत पहिलो गोल गरे । यसपछि म्यान सिटीमा सर्जियो अगुएरोले एक गोल फर्काउँदै खेल बराबरीमा सकाएका हुन् ।

लिगअन्तर्गतको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले मिडिल्सब्रोलाई ३–१ ले हरायो । म्यानचेस्टर युनाईटेडको जितमा मराउने फेलीयानी, जेस्सी लिङ्गार्ड र एन्टोनियो भ्यालेन्सीयाको गोल सामेल थियो ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई २–१ ले हराएको छ । घरेलु मैदानमा खेलेको टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरिक्सन र डेले अलीले एक–एक गोल गरे ।

साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रौजले एक गोल फर्काए । यो जित घरेलु मैदानमा टोटनह्यामको लगातार १० औं जित हो ।

जितपछि दोस्रो स्थानको टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दुरी घटाएर १० अंकमा सिमित गरेको छ । २८ खेलबाट टोटनह्यामको ५९ अंक भएको छ भने शीर्ष स्थानको चेल्सीको ६९ अंक छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.