लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्वमा अर्बपतिको संख्या १३ प्रतिशतले बढ्यो, बिल गेट्स विश्वकै धनी

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित,

वासिंटन, चैत ८ । विश्वभरका धनीहरुको नाम सार्वजनिक भएको छ । विश्वका अर्बपतिहरुको प्रतिवेदन सार्वजनिक गर्दै आएको विश्वविख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसवर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै विश्वका सबैभन्दा धनी व्यक्ति देखाइएको हो ।

उनको सम्पत्ति ८६ बिलियन डलर रहेको बताइएको छ । जबकी अघिल्लो वर्ष उनको सम्पत्ति ७५ बिलियन डलर थियो ।

दुई नम्बरमा रहेका वारेन बफेटको सम्पत्ति भने झण्डै १५ बिलियनले बढेर ७५ दशमलव ६ बिलियन डलर पुगेको छ । ७२ दशमलव ८ बिलियन सम्पत्तिसहित तेस्रो नम्बरमा अमेजनका फाउन्डर जेफ बिजोस रहेका छन् । फेसबुकका मालिक मार्क जुकरबर्ग पाँचौं नम्बरमा छन् ।

यसबर्ष विश्वमा अर्बपतिहरुको संख्या १३ प्रतिशत थपिएको छ । गत वर्षको सूचीमा २२० नम्बरमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसवर्ष ५४४ औं स्थानमा ओर्लिएका छन् । अमेरिकामा सबैभन्दा धेरै अर्बपति रहेको प्रतिवेदनमा उल्लेख छ । अर्बपतिको संख्यामा चीन दोस्रो र जर्मनी तेस्रो नम्बरमा छ ।

अमेरिकामा ५६५, चीनमा ३१९ र जर्मनीमा ११४ अर्बपति छन् । २ हजार ४३ अर्बपतिमा २२७ जना महिला रहेको पनि फोब्र्सले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework