लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

भीडमा एक्कासी ढल्यो रुख, २० जनाको मृत्यु

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 10218 पटक हेरिएको

घाना, चैत ७ । अफ्रिकी मुलुक घानामा एउटा ठूलो रुख ढलेर किच्दा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

ब्रोङ–अहाफोस्थित किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भीडमा एक्कासी रुख ढल्दा उनीहरुको मृत्यु भएको हो । घटनास्थलमै १८ जना विद्यार्थीको ज्यान गएको र अरु दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । झरनाले बनाएको तालमा पौडी खेलिरहेका मानिसमाथि हावाहुरीका कारण रुख ढलेको सरकारी अधिकारीले बताएका छन् ।

घटनालगत्तै च्यापिएकाहरुको उद्धारका लागि प्रहरी तथा उद्धारकर्मी खटिएको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework