लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सुनको भाउमा शुक्रबार सामान्य कमी

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 2801 पटक हेरिएको

काठमाडौं, वैशाख ८ । शुक्रबार सुनको मूल्यमा सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार पनि तोलामा १ सय रुपैयाँले नै कमी आएर तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि शुक्रबार तोलामा ५ रुपैयाँले ओरालो लागेर तोलाको ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८४ डलर हाराहारीमा कारोबार भएको थियो ।

 

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.