लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुन तस्करी नै नभएको अभियुक्त पक्षका वकिलको दावी

आइतबार, ३० बैशाख, २०७५ मा प्रकाशित,

विराटनगर, वैशाख ३० । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अन्तर्गत आइतबारदेखि अभियुक्तहरुको तर्पmबाट बहस शुरु भएको छ ।

विराटनगर, वैशाख ३० । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अन्तर्गत आइतबारदेखि अभियुक्तहरुको तर्पmबाट बहस शुरु भएको छ ।

जिल्ला अदालत मोरङमा भएको बहसमा अभियुक्तहरुको तर्फबाट बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ताहरुले सुन तस्करी नै नभएको तर्क गर्दै अभियुक्तहरुमाथिको आरोप सरासर झुठा भएको दाबी गरे ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा भईरहेको सुनुवाईमा अभियुक्तको पक्षबाट आइतबार वरिष्ठ अधिवक्ताहरु राजु बस्नेत, यदुनाथ खनाल, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका हुन् ।

बस्नेतले अभियुक्त बालकृष्ण श्रेष्ठ, एलवी भनिने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्विरप्रसाद तोलङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा र हेमन्त गौतमको प्रतिरक्षा गरे ।

खनालले एसपी विकासराज खनालको पक्षमा मात्रै बहस गरे ।

पूर्व महान्यायाधीवक्ता समेत रहेका श्रेष्ठले सुन तस्करीका लगानीकर्ता भनिएका भुजुङ गुरुङ, पूर्व डीआईजी गोविन्द निरौला र एसपी खनालका पक्षमा बहस गरे ।

थापाले भुजुङ गुरुङ र एसपी खनालको प्रतिरक्षा गरे ।

उनीहरुले सुन तस्करीको मुद्दा चलाउने क्षेत्राधिकार मोरङ प्रहरीलाई नभएको जिकिर पनि गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework