लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सामूहिक तरकारी खेतीबाट लाखौं आम्दानी (भिडियो)

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 917 पटक हेरिएको

रेणु श्रेष्ठ (इमेज): गोरखा, साउन २८ । केही वर्षअघिसम्म चुलोचौको र घाँस–दाउरामा दैनिकी बिताउने गोरखा, खोप्लाङका महिलाहरु अहिले सामूहिक तरकारी खेतीमा लागेका छन् ।

उनीहरुले तरकारी खेतीमात्र गरेका छैनन्, वार्षिक लाखौंको आम्दानीसमेत गर्न सफल भएका छन् ।

यहाँका महिलाहरुलाई तरकारी लगाउन र फलेपछि बेच्न भ्याइ–नभ्याइ छ ।

सहकारीका महिलाहरुले जग्गा भाडामा लिएर काउली, बन्दा, गोलभेडा, केराउ, काक्रो, बेसारलगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेको महिला कृषि सहकारी संस्थाकी सदस्य हरिमाया पोखरेल बताउँछिन् ।

हरिमाया पोखरेलजस्तै गोरखा, पालुङटार नगरपालिका खोप्लाङका महिला कृषि सहकारी संस्थाका सबै महिलाहरु सामूहिक तरकारी खेतीमा जुटेका छन् ।

११० जना आवद्ध खोप्लाङ महिला कृषि सहकारी संस्थाले गरेको सामूहिक तरकारी खेतीबाट वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको खोप्लाङ महिला कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा घिमिरेको भनाइ छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework