लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न डा. केसीको माग

मंगलबार, २३ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २३ । चिकित्सा शिक्षा सुधारमा लागेका प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल प्रतिवेदन सार्वजनिक गरेर सबै दोषीहरुलाई कारबाही गर्न माग गरेका हुन् ।

न्यायिक जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँसहित विभिन्न पदाधिकारी, डीनहरुलगायतलाई बर्खास्त गरी कारबाही गर्न सिफारिस गरेको छ ।

डा. केसीले आइओएमका डीनको कार्यसम्पादनमा अवरोध रोक्नुपर्ने, प्रधानन्यायाधीश गोपाल पराजुलीलले राजीनामा दिनुपर्नेलगायतका माग पनि विज्ञप्तिमार्फत् दोहोर्‍याएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework