
अस्पतालमा बिरामीको मृत्यु भएमा चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले गरेकोे निर्णय फिर्ताको माग गर्दै शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सबै सेवा ठप्प पारेको हो ।
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको जनगुनासो आएको भन्दै मन्त्रिपरिषद्ले चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो ।
यो निर्णयको विरोधमा चिकित्सक संघले देशभरमा सबै सरकारी र निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् । चिकित्सकले सेवा बन्द गरेपछि बिरामीले भने सास्ती पाएका छन् ।
उपचारमा आएका बिरामीलाई अस्पताल बन्द छ भन्दै चिकित्सकले फिर्ता पठाउन थालेकोमा सेवाग्राहीले गुनासो गरेका छन् ।
सेवाग्राहीले स्वास्थ्य क्षेत्रमा गरिएको सेवा बन्द अनौठो, संवेदनशिल क्षेत्रमा भएको पराकाष्ठले सीमा नाघेको बताउँदै योभन्दा ठूलो अन्याय अरु हुन नसक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्