लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सरकारी चिकित्सालय हटाउन खोजेको भन्दै आक्रोश

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 1208 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । अदालतलले सरकारी चिकित्सालयलाई हटाउन खोजेको भन्दै सरोकारवालाहरुले आक्रोश पोखेका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन भईरहेको ललितपुर, हरिहर भवनस्थित पशुपति होमियोप्याथिक चिकित्सालयलाई वैकल्पिक ठाउँ नदिई हटाउन खोजेको भन्दै सरोकारवालाहरुले आक्रोश पोखेका हुन् ।

पाटन उच्च अदालतलले आफूहरुलाई ठाउँ अपुग भएको भन्दै होमियोप्याथी अस्पताल रहेको भवन र जग्गा खाली गर्न भनेपछि अस्पतालका कर्मचारीलगायत सरोकारपक्ष आक्रोशित बनेका हुन् ।

बिहीबार हामीसंँग कुरा गर्दै अस्पताल प्रमुख डा.सब्बीर खानले दिनहुँ ३५० भन्दा बढी विरामीलाई उपचार दिइरहेको अस्पतालाई कुनै विकल्प नै नदिई खाली गर भन्नु कति उचित हो भन्ने प्रश्न गरे ।

अस्पतालका कर्मचारी तथा सरोकारवालाहरुले आजै स्वास्थ्यमन्त्री गगन थापालाई भेटी ज्ञापन पत्रसमेत बुझाएका छन् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.