लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘हिर्स्चस्प्रुंग’ रोग लागेपछि पेटबाट यस्तो निस्कियो

बुधबार, ३१ जेष्ठ, २०७४ मा प्रकाशित, 43497 पटक हेरिएको

काठमाडौं, जेठ ३१ । चिनिया डाक्टरहरुले दुर्लब मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेको एक विरामीको पेटबाट १३ किलोको दिशा तथा मल रहेको मलद्वारसहितको भुँडि (आमासय) शल्यक्रियामार्फत निकालिदिएका छन् ।

नाम गोप्य राखिएको ती २२ वर्षीय विरामीको जन्मजात नै पेटभित्र रहेको आन्द्रा–भुँडीमा मल तथा दिसा जमेर पेट फुल्लिएको थियो । उक्त रोगलाई मेडिकल भाषामा ‘हिर्स्चस्प्रुंग’ भनिन्छ ।

यो रोग एकप्रकार कब्जियत तथा पाइल्सको जस्तै पेटभित्रै दिशा जमेर फोहरको रुपमा मल बन्ने गर्दछ जसलाई ‘मेगाकोलोन’ अर्थात अत्याधिक ठूलो भुँडीको नामले पनि चिनिन्छ । चिकित्सकहरुले विशेषगरी बालबालिकामा यस्तो रोग बढी देखिने उल्लेख गरेका छन् ।

यदि यो रोगको समयमै उपचार गर्न नसकिए उपचारमा थप जटिलता उत्पन्न हुने र भुँडीमा जम्मा भएको दिशा तथा मलबाट ‘टक्सिन’को निर्माण भई रगतमा मिसिने र विरामीको मृत्युसमेत हुने गर्दछ ।

यस शल्यक्रियामा संलग्न टेन्थ पिपुल्स हस्पिटलका डा.ऐन लुका अनुसार गत जुन ८ मा ती विरामीको सफल शल्यक्रिया गरिएको थियो । उनले भने–‘विरामीको पेटको अवस्था ९ महिनाकी गर्भवति महिलाको जस्तै थियो ।’

अस्पतालका अनुसार तिन घन्टा लामो शल्यक्रियामार्फत ३० इन्च लम्बाई र १३ केजि तौल रहेको उक्त कोलन (आमासय) सफलतापूर्वक विरामीको पेटबाट निकालिएको थियो । (एजेन्सी)

९ वर्षीय बालकलाई संसारमै दुलर्भ मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेपछि...(फोटोहरु) 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework