लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

८ वर्षदेखि एक्स–रे मेसिन प्रयोगविहीन

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 2009 पटक हेरिएको

तेह्रथुम, साउन १ । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ८ वर्ष अगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन अवस्थामा छ ।

स्थानीयले एक्स–रे सुविधा उपभोग गर्न पाउने आसामा चन्दा संकलन गरेर विद्युतका लागि जेनेरेटर खरिद गरेका छन् । तर, दक्ष प्राविधिक नहुँदा तालिमको भरमा अरु स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरेपनि सकेका छैनन् ।

अहिले प्रयोगमै नआएको धेरै साय भइपछि मेसिन बिग्रिएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बताए ।

२०६५ सालमा परिवार स्वास्थ्य महाशाखाले केन्द्रलाई निःशुल्क एक्स–रे मेसिन उपलब्ध गराएको थियो ।

मेसिन भएरपनि सन्चालनमा नआउँदा करीब एकदर्जन गाविसवासी एक्स–रेको सामान्य सुविधा लिनसमेत पाँचथरको फिदिम हुँदै झापा पुग्न बाध्य छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework