लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

श्वास–प्रश्वासका बिरामीको संख्या बढ्यो, यस्तो छ चिकित्सकको सुझाव (भिडियो रिपोर्ट)

आइतबार, १७ पुष, २०७३ मा प्रकाशित, 2929 पटक हेरिएको

प्रज्ञा तिमल्सिना/उत्तम मानन्धर (इमेज) काठमाडौं, पुस १७ । सामान्यतः चिसोयाम रोग–ब्याधीबाट सुरक्षित मानिन्छ । तर, लामो समयसम्म पानी नपर्दा भने विभिन्नखाले रोगका किटाणुहरु सक्रिय हुन सक्छन् ।

त्यसमाथि वायु प्रदुषणले राजधानी उपत्यकालगायतका स्थानमा पीडितहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् ।

दिन–प्रतिदिन तापक्रम घट्दै जाँदा चिसोबाट प्रभावित रोगीहरुको संख्या पनि थपिँदै गएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष स्वास–प्रश्वासका बिरामीको सख्या निकै बढेको चिकित्सकहरुले बताएका छन् ।

एकातर्फ बढ्दो चिसो र अर्कोतर्फ धूवाँ–धुलोको आँधी, जसका कारण ब्याक्टेरियाजन्य रोगहरुको प्रकोप बढेको पाइएको छ ।

रुघाखोकी, स्वास–प्रश्वास र दमको समस्या बढेको तथा चिसोबाट हुने झाडापखाला र निमोनियाका बिरामीको संख्या पनि बढेको चिकित्सकहरुले बताएका छन् ।

पूर्वी तथा उच्चमध्य पहाडी क्षेत्रमा भएको हिमपातका कारण पनि हाल देशैभरि चिसो बढ्दै गएको छ ।

मौसम परिवर्तन भएसँगै मानिसमा विभिन्न रोगहरु पनि बढ्दै जाने चिकित्सकहरुले बताए ।

त्यस्तै, चिसो मौसममा दमखोकीको औषधि सेवन गरिरहेका, फोक्सोको समस्या भएका मानिसहरुलाई झन् समस्या हुने हुँदा थप हेरविचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

हाल राजधानीको कान्तिबाल, त्रिवि शिक्षण, वीरलगायतका अस्पतालमा चिसोका कारण बिरामी भएर उपचार गर्न आएका बिरामीको संख्या निकै रहेको छ ।

साधारणतया रुघाखोकी लाग्यो भनी वास्ता नगर्ने प्रचलनका कारण विभिन्न समस्या देखापर्ने चिकित्सकहरु बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework