लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

बिरामी अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्नोस् : स्वास्थ्यमन्त्री गगन थापा

शुक्रबार, २२ पुष, २०७३ मा प्रकाशित, 10326 पटक हेरिएको

काठमाडौं, पुस २२ । स्वास्थ्यमन्त्री गगन थापाले कान्तिबाल अस्पतालका पदाधिकारीहरुलाई कुनैपनि सेवा नपाएर बिरामी अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न सुझाव दिएका छन् ।

कान्तिबाल अस्पतालको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले अस्पतालमा के अभाव छ भन्ने कुरा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।

अस्पतालमा कुनैपनि उपकरणको अभाव भए त्यसलाई यसवर्षको अन्त्यसम्ममा हटाइसक्ने उनको आश्वासन थियो ।

कार्यालयमा उपस्थिति नहुने र तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई बर्खास्त गर्न पनि पछि नपर्ने मन्त्री थापाको चेतावनी थियो ।

यसैबीच, कान्तिबाल अस्पतालमा जापान र नेपाल सरकारको सहयोगमा निर्मामा गरिएको ५२ शैय्याको आइसीयुकक्ष शुक्रबारैदेखि सन्चालनमा आएको छ ।

 

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.