लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अस्पतालको फार्मेसीमा औषधिको अभाव

मंगलबार, ५ बैशाख, २०७४ मा प्रकाशित,

ताप्लेजुङ, बैशाख ५ । जिल्ला अस्पताल ताप्लेजुङमा अस्पताल प्रशासन र अस्पताल विकास समितिले औषधि खरिद नगर्दा अस्पतालको फार्मेसीमा औषधिको अभाव भएको छ ।

छुटसहित औषधि बिक्री हुने फार्मेसीमा सामान्य औषधिसमेत नहुँदा विरामी पाँच महिनादेखि बाहिरबाटै चर्को मूल्यमा औषधि किन्न बाध्य छन् ।

गत असार मसान्तदेखिनै औषधि खरिद नहुँदा फार्मेसीमा औषधि नभएको हो ।

दैनिक माग हुने सिटामोल, एसिलक जस्ता सामान्य औषधि पनि नहुँदा विरामीलाई फर्काउनुपर्ने बाध्यता रहेको फार्मेसीमा कार्यरत अहेव रेश्मा लिम्बुले बताइन् ।

अस्पताल प्रशासन र विकास समितिलाई औषधि खरिद गर्न बारम्बार आग्रह गर्दापनि प्रशासनले बेवास्ता गरेको लिम्बुको भनाइ छ ।

सरकारले औषधि किन्न असारमै ३ लाख ९४ हजार रकम निकासा गरेपनि अझै औषधि नकिनिएको हो ।

जिल्ला जनस्वास्थ्य प्रमुख तथा अस्पताल विकास समितिका सदस्य डाक्टर दिग्विजयकुमार ठाकुरले औषधि खरिदमा कमजोरी भएको स्वीकार्दै औषधि किन्ने प्रक्रिया शुरु गरेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework