लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए खुवाईदै

बुधबार, ६ बैशाख, २०७४ मा प्रकाशित, 18081 पटक हेरिएको

काठमाडौं, बैशाख ६ । ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए खुवाईदै छ ।

भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र र पायक पर्ने वडाहरुमा केन्द्र तोकिएको छ ।

अहिले टाइप २ पालियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ ।

सन् १९८८ देखि विश्वमा पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत नेपाललगायत विश्वका १ सय ५५ देशले पोलियो खोप दिंदै आएकामा अहिले ५१ देशमा निरन्तर रहेको छ ।

नेपालमा सन् २०१० यता कसैलाई पोलियो नदेखिए पनि नेपाल अझै न्यून जोखिमयुक्त मुलुकअन्तर्गत रहेकाले जनघनत्व बढि भएको क्षेत्रमा पोलियो खुवाउने गरिएको हो ।

पोलियो रोग देखिएको देशहरुमा वर्षको चार पटक, संक्रमण हुन सक्ने देशहरुमा ३ पटक, जोखिमयुक्त देशहरुमा दुई पटक र अति न्यून जोखिमयुक्त देशमा एक पटक पोलियो खुवाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework