लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

औषधि आयात ठप्प बनाउने चेतावनीप्रति संघको कडा आपत्ति

शुक्रबार, २९ बैशाख, २०७४ मा प्रकाशित, 4855 पटक हेरिएको

काठमाडौं, वैशाख २९ । नेपाल औषधि व्यवसायी संघले निहीत स्वार्थमा केही व्यवसायीहरुले औषधि आपूर्ति रोक्ने चलखेल गरेको आरोप लगाएको छ ।

                                                                                 फाइल फोटो
केही महिनाअघिमात्रै गठन भएको नेपाल औषधि आयातकर्ता संघले औषधि आयात ठप्प बनाउने चेतावनी दिएलगत्तै व्यवसायी संघले कडा आपत्ति जनाएको हो ।

२०३० सालमा स्थापना भएको नेपाल औषधि व्यवसायी संघ देशभरका व्यवसायीहरुको छाता संगठन हो ।

जीवन–मरणसँग प्रत्यक्ष सरोकार राख्ने औषधिजस्तो अतिसंवेदनशील एवं अत्यावश्यकीय वस्तुको आयात नै ठप्प बनाउने चेतावनी मानवीय मूल्य मान्यताविपरीत रहेको संघको भनाइ छ ।

‘यसरी आमउपभोक्ताहरुको स्वास्थ्यसँग सम्बन्धित अत्यावश्कीय वस्तु औषधिमा नेपाल औषधि व्यवसायी संघको नीतिविपरीत भ्रमपूर्ण समाचारहरु आउनुलाई नेपाल औषधि व्यवसायी संघले गैरजिम्मेवारीपूर्ण कार्यकोरुपमा लिएको छ’–संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.