लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘ब्रेनडेथ’ भएकाबाट झिकिएका मिर्गौला नेपालमै सफलतापूर्वक प्रत्यारोपण

बुधबार, ३ जेष्ठ, २०७४ मा प्रकाशित, 2880 पटक हेरिएको

काठमाडौं, जेठ ३ । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले ‘ब्रेनडेथ’ भएका व्यक्तिहरुबाट झिकिएका मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

सडक दुर्घटनामा मृत्यु भएका गोविन्दबहादुर भुजेलको मिर्गौला १५ वर्षीय मिलन श्रेष्ठ र ५१ वर्षीय गोविन्द तिमल्सिनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।

काठमाडौं, लाजिम्पाटका मिलन श्रेष्ठको पाँच वर्षअघि दुबै मिर्गौला ‘फेल’ भएको थियो भने सुनसरीका गोविन्द तिमल्सिनाको तीन वर्षअघि मिर्गौला फेल भएको थियो ।

मानवअंग प्रत्यारोपण केन्द्रले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

मिर्गौला प्रत्यारोपणपछि नयाँ जीवन पाउने आफूहरुमा आशा जागेको भन्दै उनीहरुले खुसी व्यक्त गरे ।

स्वास्थ्यमन्त्री गगन थापासमेत उपस्थित सो अवसरमा मानवअंग प्रत्यारोपण केन्द्रका अध्यक्ष डा. पुकार श्रेष्ठले ब्रेनडेथ भएका व्यक्तिका मिगौला प्रत्यारोपण बढाउनसके धेरैले नयाँ जीवन पाउने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework