लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आखाँमा अनेक समस्याः मोतिविन्दुबाट मात्र ६५ प्रतिशत मानिस प्रभावित(भिडियो)

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २६ । आज विश्व दृष्टि दिवस । आँखा स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔं भन्ने नारा सहित नेपालमा पनि यो दिवस मनाईदैछ ।

अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी ध्यान आकृष्ट गर्नका लागि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ ।

नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपनको समस्या रहेको छ । जसमा ५० वर्ष उमेर कटेका २ दशमलव ५ प्रतिशत दृष्टिविहिन रहेको तथ्यांक छ ।

मोतिविन्दु, जलविन्दु, थाइराइड, उच्च रक्तचाप र मधुमेहका कारण आखाँमा समस्या देखिने आखाँ रोग विषेशज्ञहरु बताउँछन् ।

मोतिविन्दुबाट ६५ प्रतिशत मानिस प्रभावित रहेका छन् भने आखाँको पर्दाजन्य रोगवाट ९ प्रतिशत मानिस प्रभावित छन् ।

यस्तै आखाँको नानीमा हुने अन्धोपनका कारण ६ प्रतिशत मानिस प्रभावित छन् भने दृष्टिदोषका कारण ४ प्रतिशत मानिस प्रभावित रहेको राष्ट्रिय तथ्यांक रहेको छ ।

यसैबीच नमस्ते आई सेन्टर र युवा नेत्र सेवा सेन्टर प्रालिले आज काठमाडौंमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेका छन् ।

शिविरमा आँखा परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिवरमा करिब ३५ जनाले आँखा परिक्षण गराएको र केहीको शल्यक्रियासमेत गरेको युवा नेत्र सेवा केन्द्रले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework