लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अरुको आँखामार्फत विश्व हेर्ने ‘काठमाडौं ब्लाइन्ड वाक’

शनिबार, २५ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २५ । दृष्टिबारे जनचेतना जगाउने उद्देश्यले ‘काठमाडौं ब्लाइन्ड वाक’को आयोजना गरिएको छ ।

शनिबार आयोजित ‘काठमाडौं ब्लाइन्ड वाक’मा दृष्टिविहीन विद्यार्थीको सहयोगमा दृष्टि भएका व्यक्तिहरुलाई आँखामा पट्टी बाँधेर हिडाइएको थियो ।

‘रोटरी क्लब अफ काठमाडौं वेस्ट, रोटरी क्लब अफ काष्ठमण्डप र रोटरी क्लब अफ राजधानी’को संयुक्त आयोजनामा काठमाडौंस्थित नक्सालमा ‘ब्लाइन्ड वाक’को आयोजना गरिएको हो ।

‘अरुको आँखामार्फत विश्व देखौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा आँखा दान गर्न इच्छुकलाई आँखा दान गरी कुनै एक व्यक्तिलाई संसार देख्ने वातावरण बनाउन आग्रहसमेत गरिएको थियो ।

‘ब्लाइन्ड वाक’मा रोटारियन, रोटर्‍याक्टर, उद्योगी व्यवसायी, प्रहरी, पत्रकार, विद्यार्थी एवं सर्वसाधारणको सहभागिता थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework