लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

चिकित्सा शिक्षा अध्यादेशको स्वागत, ‘राष्ट्रपतिलाई धन्यवाद’

शनिबार, २५ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २५ । ‘डक्टर्स एशोसिएसन अफ नेपाल’ले सरकाले अध्यादेशमार्फत चिकित्सा शिक्षासम्बन्धी ऐन जारी गरेकामा सरकार र विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिलाई धन्यवाद दिएको छ ।

विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सुशासन तथा पारदर्शिता ल्याउने विश्वास व्यक्त गर्दै संस्थाले विधेयकको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य तथा अन्य मन्त्रालयसित मागसमेत गरेको छ ।

संस्थाका महासचिव चिकित्सक तोशिमा कार्कीद्वारा शनिबार जारी विज्ञप्तिमा संविधानप्रदत्त गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न ऐनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

आगामी प्रतिनिधिसभाको पहिलो बैठकले ऐनलाई अनुमोदन गर्ने संस्थाले विश्वास लिएको छ । ऐन ल्याउन माग गर्दै १३ औं पटकसम्म सत्याग्रह बसेका प्रा.डा.गोविन्द केसी तथा उनका समूहमा रहेका डा.जीवन क्षेत्री, डा.अधिषेकराज सिंह तथा अधिवक्ता ओमप्रकाश अर्याललाई पनि संस्थाले धन्यवाद दिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework