लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कर बढाउन सुझाव

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २८ । सुर्तीजन्य पदार्थको नियन्त्रण महासन्धि, २०३० रणनीति शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले तयार पारेको रणनीति स्वास्थ्यमन्त्री दीपक बोहराले सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बोहराले विश्व स्वास्थ्य संगठनले बनाएको रणनीतिले निकै राम्रो सुझाव दिएको भन्दै यो कार्यान्वयन गर्न सकिए सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सकिने बताए ।

स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले रणनीतिले दिगो विकासको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपालका लागि प्रतिनिधि जोस भ्याडिलरले नसर्ने रोगको प्रमुख कारण नै सुर्तीजन्य पदार्थको प्रयोग भएकाले यसको प्रयोग दर घटाउन सुर्तीजन्य पदार्थमा कर बढाउनु पर्ने बताए ।

सुर्तीजन्य पदार्थमा करको वृद्धि गर्ने, प्याकेजिङमा नियमन गर्ने, नीतिगत विकास र कार्यन्ययनमा सुर्तीजन्य पदार्थ उद्योगको हस्तक्षेप रोक्ने, विद्यालय र विश्वविद्यालयहरुमा सुर्तीजन्य पदार्थको असरबारे पाठ्यक्रम समावेश गराउनेलगायतका विषय रणनीतिमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सुर्तीजन्य पदार्थको असरबारे विद्यार्थीहरुले जनचेतनामुलक कार्यक्रमसमेत गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework