लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एमबीबीएसको आरक्षण कोटा नकाट्न सर्बोच्चको आदेश

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस ३० । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका आङ्गीक क्याम्पसमा रहेको गरीबका लागि आरक्षित कोटालाई सामान्यमा परिणत नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

आइओएम डीन कार्यालयले यही पुस २५ गते यस बर्ष आरक्षण कोटाका लागि कुनै पनि विद्यार्थीको प्रमाण र आधार नपुगेको भन्दै सामान्य कोटामा परिणत गरिएको सूचना प्रकाशन गरेको थियो ।

उक्त सूचना विरुद्ध अजयकुमार पासीले रिट दायर गरेका थिए । न्यायाधीश मीरा खड्काको एकल इजलासले उक्त सूचना कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

इजलासले माघ ७ गते शिक्षा मन्त्रालय, आईओएम लगायतका विपक्षीसँग लिखित जवाफ संगै दुबै पक्षलाई बहसमा बोलाएको छ ।

कमजोर आर्थिक स्थिति भएका परिवारका विद्यार्थी पनि डाक्टर बनून् भनेर आइओएम अन्तर्गतको आंगिक क्याम्पसमा ९ वटा आरक्षण कोटा तोकिएको छ ।

त्रिभुवन विश्व विद्यालयले अघिल्ला वर्षहरुमा आरक्षण कोटामा पढ्नका लागि चाहिने प्रमाणले मात्र यस वर्ष पढ्न नपाइने भएपछि उक्त कोटा पनि सामान्य कोटा सरह नै हुने सूचना जारी गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework