लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सस्तो उपचारका नाममा भारतीय क्लिनिकमा ठगिए नेपाली

मंगलबार, २३ माघ, २०७४ मा प्रकाशित,

झापा, माघ २३ । भारतको सीमावर्ती बजार पानीट्यांकीमा खुलेका क्लिनिकले नेपाली बिरामीलाई सस्तो उपचारका नाममा ठगी गर्ने क्रम बढेको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा खुलेका दर्जनौं क्लिनिकले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठगी गर्ने गरेका हुन् ।

यी क्लिनिकहरुले पाइल्स, फिस्टुला, हाइड्रोसिललगायत दर्जनौं रोगको सहज र सरल तरीकाले उपचार गराउने भन्दै नेपालीलाई ठग्ने गरेका हुन् ।

स्थानीय सञ्चारमाध्यममा विज्ञापन दिएर उनीहरुले नेपाली बिरामीलाई आकर्षित गर्ने गरेका छन् । तर क्लिनिकहरुले गलत उपचार गरी झन् रोगी बनाउने गरेको पीडितहरुले गुनासो गरेका छन् ।

पाइल्सको उपचार गराउन पानीट्यांकी पुगेका झापा बाह्रदशी गाउँपालिका–२ का कालीबहादुर भण्डारीले आफूलाई निको पार्ने निहुँमा गलत उपचार गर्दै झनै रोगी बनाइ दिएको बताए ।

उनले त्यस्ता क्लिनिकसम्म पु¥याउन नेपालकै एजेन्टहरु प्रयोग हुने गरेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework