लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रदेश नम्बर १ सरकारबाट ‘मेरो वर्ष-२०७५’ घोषणा

शनिबार, १ बैशाख, २०७५ मा प्रकाशित,

विराटनगर, बैशाख १ । वि.स. २०७५ साललाई स्वास्थ्य प्रवद्र्धन वर्ष मनाउने उद्देश्यसहित प्रदेश नं. १ सरकारले ‘मेरो वर्ष २०७५’ कार्यक्रम घोषण गरेको छ ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धनका लागि सचेतना अभियानक स्वरुप आज एक कार्यक्रम गरी ‘मेरो वर्ष कार्यक्रम’को घोषण गरेको हो ।

‘स्वास्थ्यप्रति जिम्मेवार समृद्धिको आधार’ भन्ने मूल नारा दिएर सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम शुभारम्भ गरेको हो ।

स्वास्थ्यसँग जोडिएका ८ वटा प्रतिबद्धतापत्रमा मुख्यमन्त्रीसहितका प्रदेश सरकारका मन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

प्रदेश नं १ अन्तर्गत पर्ने १४ जिल्लामा नयाँ वर्ष २०७५ वैशाख १ को शुभारम्भसगै कार्यक्रम लागू भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै मुख्य मन्त्री शेरधन राईले प्रदेश नम्बर १ लाई यो वर्ष आर्थिक समृद्धिको वर्षसँगै स्वस्थ्य प्रदेश बनाउने उद्घोष गरे ।

नागरिक स्वस्थ्य रहेमात्र मुलुकको विकास सम्भव हुने मन्त्रीमन्त्री राईको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework