लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुरक्षित मातृत्व दिवस मनाईंदै, नेपालमा प्रतिवर्ष सात लाख बढी महिला गर्भवती

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख ३ । आज सुरक्षित मातृत्व दिवस । विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

काठमाडौं, बैशाख ३ । आज सुरक्षित मातृत्व दिवस । विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

नेपालले मातृशिशु स्वास्थ्यमा पछिल्ला वर्षमा राम्रो प्रगति गरेपनि अझै वर्षेनी करीब तीन लाख गर्भवतीले स्वास्थ्य संस्थाबाहिरै स्वास्थ्यकर्मीको सहयोगविना बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।

मुलुकमा अझै पनि २० हजार तालिम प्राप्त प्रसूति गराउने स्वास्थ्यकर्मीको आवश्यकता छ भने अहिले ८ हजार ६ सय मात्रै कार्यरत छन् ।

यद्यपी, दुई दशकयता दक्ष स्वास्थ्यकर्मीबाट महिलाले गर्भवती सेवा लिने क्रम बढेको छ ।

२०७३ साउनदेखि ०७४ असारसम्म करीब तीन लाख गर्भवती महिलाले असुरक्षित रुपमा बच्चा जन्माएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

देशभर रहेका ५१ हजारभन्दा बढी महिला स्वयंसेविका नै नेपाली महिलाका स्वास्थ्य शिक्षा लिने पहिलो सम्पर्क बिन्दू हुन् ।

३ हजार २ सय जिल्ला अस्पताल र त्यसभन्दा तलका स्वास्थ्य संस्थामा प्रसूति गराउने दक्ष जनशक्ति छ ।

तालिम प्राप्त एक स्वास्थ्यकर्मीको भागमा ७५ गर्भवती महिला पर्ने गरेको तथ्यांक छ ।

दुर्गमका कतिपय स्वास्थ्य संस्थामा प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा अकालमै ज्यान गुमाउनु परेको तीतो यथार्थ छ ।

नेपाल जानसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले भने सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ जना रहेको नवजात शिशु मृत्युदर अहिले २१ मा झरेको देखाएको छ ।

सहस्राब्दी विकास लक्ष्य पूरा गर्न २१ लाई १७ मा झार्नुपर्ने चुनौति कायमै छ । नेपालमा प्रतिवर्ष ७ लाख ५८ हजारको हाराहारीमा महिला गर्भवती हुने अनुमान छ ।

यसमध्ये करीब १० प्रतिशतले गर्भपतन गराउने वा गर्भ तुहेर जानेजस्ता समस्या छ ।

गर्भवती भएको अवस्थामा सम्बन्धित महिलाले कम्तीमा चारपटक आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ  । प्रसूति हुन समयमै स्वास्थ्य संस्थामा जान प्रोत्साहित गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework